प्रदेश २को बेटी पढाउ बेटीबचाउ अभियान नारामै सिमीत, विद्यालय अस्तव्यतहुदा विद्यार्थी मर्कामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बारा,महागढिमाई नगरपालिका बरियारपुरमा रहेको श्री गढिमाई माध्यमिक प्राविधिक नमुना माबि अहिले अस्थव्यस्त रहेको छ । अबको केहि समय पछि संचालन हुन गैरहेको गढिमाई मेलाका कारण मेला व्यवस्थापन पक्षले विद्यालयमै कार्यालको स्थापना गर्दा त्यहाहुने चहलपहलले विद्यार्थीहरु मर्कामा पर्न गएका हुन ।

त्यतै प्रदेश नः२को मुख्य मन्त्री द्वारा बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम अन्तर्गत कक्षा ८को छात्राहरूलाई बाँडनको निमित्त ल्याईएको साईकल दुई महिनादेखि सोही विद्यालयमा त्यसै थन्कीएको छ । लामो समय यसरी थन्कीएको साईकल विस्तारै विग्रने अवश्थामा पुगेको विद्यालयले जानकारी गराएको छ । नगर प्रमुखको आदेशमा मात्र उत्त साइकल बाडिने भएपछि साईकल विग्रने अवस्थामा पुगेको श्री गढिमाई माध्यमिक प्राविधिक नमुना माबिका प्रधानाध्यापक रामएकबाल गुप्ताले जानकारी दिएका छन ।

विद्यालयका कक्षा कोठा पनि अस्तव्यस्त रहेको देखिएको छ । विद्यायक कक्षाकोठा भित्र र बाहिर गुट्खा खाएर कुना,कुनामा थुकिएको छ भने खानेपानी राखेको ठाऊमा फोहरै फोहर हुनुका साथै विद्यालय परिषर फोहोले भरिदा पनी सम्बन्धी पक्षको ध्यान गएको छैन । केहिसमय पछि लाग्न लागेको गढिमाई मेला मुल समितिको कार्यालय समेत सोहि विद्यालयमा संन्चालन गरि रहदा पढाईमा समेत अवरोध भएको विद्यालयका विद्यार्थीहरुले गुनासो गरेकाछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *