प्रदेश १ सांसन गुलेफुन खातुनले सरकारी छाप र दस्तखत किर्ते गरेको प्रमाणीत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सरकारी छाप र दस्तखत किर्ते गरेको मुद्दा प्रमाणित भएकी प्रदेश १ की सांसद गुलेफुन खातुनको बिषयमा प्रदेश नम्बर १ को प्रदेश सभामा प्रश्न उठेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश सभामा प्रदेश सांसद खातुन तर्फ इंकित गर्दै हराएको सांसदको खोजि गर्न सभामुखलाई आग्रह गरेका छन् । संसद बैठकको बिषेस समयमा बोल्दै कार्कीले सांसद हराइरहेको भन्दै खोज्न आग्रह गरेका हुन् ।

खातुन नेकपाबाट समानुपातिक तर्फकी प्रदेश सांसद हुन् । खातुनलाई उच्च अदालत विराटनगरले सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरेको हो । उच्च अदालत विराटनगरले गत पुस ६ गते उनलाई एक वर्ष कैद सजायको फैसलासमेत गरेको थियो । जिल्ला अदालतको फैसलालाई आंशिक सदर गर्दै खातुनलाई १४ हजार पाँच सय ८३ रुपैयाँ बिगो कायम हुने फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले पहिलो पटक ३१ वैशाख ०७४ मा फैसला गरेको थियो । जिल्ला फैसला त्रुटिपूर्ण भन्दै गुलेफुन खातुन र सेख सिलावर मियाँ उच्च अदालत गएपनि उच्चले पनि उनलाई दोषी नै ठहर गरेको थियो

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *