प्रदेश १को इटहरीमा नेपाली सेनाको प्रादेशिक अस्पताल सञ्चालनमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली सेनाले प्रदेश नम्बर १ को इटहरीमा प्रादेशिक अस्पतालको रूपमा शुक्रबारदेखि सैनिक अस्पताल इटहरी सञ्चालनमा ल्याएको छ ।

प्रधान सेनापति पुर्णचन्द्र थापाले औपचारिक रूपमा उद्घाटन गरेसंगै ५० शैय्याको सैनिक अस्पताल सञ्चालनमा आएको हो ।

नव उद्घाटित सैनिक अस्पतालले विरामीहरुलाई लक्षित गरि २४घण्टे आकस्मिक सेवाका सागै स्त्री रोग,बाल रोग, हाडजोर्नी ,मेडिसिन ,सर्जरी , दन्त रोगका विशेषज्ञ सेवा लगायतका सेवा सञ्चालनमा ल्याउने वताइयो । प्रारम्भमा प्रदेश नम्बर १ मा रहेका सैनिक , पुर्व सैनिक तथा उनीहरूको परिवारलाई सैनिक अस्पताल इटहरीले स्वास्थ्य सेवा प्रदान गर्ने जनाइएको छ । इटहरीमा सञ्चालनमा आएको सैनिक अस्पतालमा उपचार सम्भव नभएका विरामीहरुलाई विराट मेडिक कलेज तथा टिचिगं अस्पताल विराटनगर मार्फत स्तरिय स्वास्थ्य सेवा प्रदान गर्न नेपाली सेना र विराट मेडिकल विच सम्झौता समेत भएको छ ।

अस्पताल उद्घाटन पश्र्चात नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले सैनिक ,पुर्व सैनिक तथा उनीहरुका परिवारको स्वास्थ्य उपचारलाई मध्यनजर गर्दै यस किसिमको अस्पताल सेनाले सञ्चालनमा ल्याएको वताए । सबैको सबै भन्दा वढी चासोका विषय स्वास्थ्य रहेको भन्दै उनले अस्पतालको सेवालाई भरपुर उपयोग गर्न सरोकारवालाहरुलाई आग्रह समेत गरे । सैनिक अस्पताल उद्घाटन कार्यक्रममा सहभागी इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले सैनिक अस्पतालबाट सर्वसाधारणलाई समेत सेवा दिदा अझ प्रभावकारी हुने वताए ।

अस्पताल उद्घाटन समारोहमा पुर्वी नेपालका विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा वरिष्ठ चिकित्सकहरू, प्रशासनिक तथा सुरक्षा क्षेत्रका उच्च पदाधिकारी, इटहरी उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधि , उद्योगी तथा व्यापारी , सामाजिक व्यक्तितत्व, भुतपुर्व सैनिक अधिकृतहरू, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *