प्रदेश सरकारको पनी आफ्दै दावी ,२ वर्ष पूर्ण सफल : मुख्यमन्त्री लालबाबु राउत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार २ वर्षमा पूर्ण सफल भएको र प्रयाप्त उपलब्धि हासिल गरेको बताएका छन् ।

प्रदेश २ सरकारको २ वर्ष पूरा भएको अवसरमा शनिबार जनकपुरस्थीत प्रदेश भवन भित्र पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउतले साधन श्रोतको अभाव , कर्मचारी र संघीय सरकारको असहयोगका बाबजुत पनि थुप्रै उपलब्धि हासिल गरेको बताए ।

मुख्यमन्त्री राउतले सरकार पूर्ण रुपले सफल भएको समेत दावी गरे । हालसम्म प्रदेश २ सरकारले २३ वटा कानून प्रदेश सभाबाट पास भएको, ८० वटा कानून तयारी अवस्थामा रहेको र २२ वटा कानून प्रदेश सभाका विधायन समितिमा विचाराधीन रहेको मुख्यमन्त्री राउतले उल्लेख गरे । प्रदेश सरकारले महिला सशक्तिकरण तथा समाजिक सुधारका लागि ल्याएको बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत छोरीलाई साइकल वितरण र ३ लाख रुपैयाँको छोरी शिक्षा बिमा लोकप्रिय कार्यक्रम भएको र यो ठूलो उपलब्धि भएको मुख्यमन्त्री राउतको भनाई रहेको थियो ।

मुख्यमन्त्री राउतले १४ हजार साईकल प्रदेश सरकारले कक्षा ८ मा पढ्ने छोरीलाई वितरण गरिसकेको र अझै १५ हजार साइकल बाड्ने तयारीमा प्रदेश सरकार रहेको जानकारी दिए । पत्रकार सम्मेलनमा प्रदेश सरकारका मन्त्रीहरुको समेत सहभागिता रहेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *