प्रतिपक्षी दलहरुको नाराबाजी र बेल घेराउकाबीच पनी सुदूरपश्चिम प्रदेशको वार्षिक बजेट पारित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रतिपक्षी दलहरुको नाराबाजी र बेल घेराउकाबीच सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गरेको छ ।

प्रदेश सभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासिन देखिएको भन्दै असार १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित हुँदै आएको थियो । बुधबार सभामुख अर्जुनबहादुर थापाले नाराबाजीका बीच पनि संसदको कारबाही अघि बढाएका थिए ।

प्रतिपक्षी दलहरूले कोरोना महामारीको प्रभावकारी नियन्त्रण र रोकथामका लागि प्रदेशमा पिसीआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने तथा जनतालाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग राख्दै बैठकमा नाराबाजी गरेका थिए ।

प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *