प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ । संवैधानिक इजलासमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि नियमित सुनुवाइ हुन लागेको हो ।

आइतवारको सुनवाइमा अधिवक्ता डाक्टर भीमार्जुन आचार्यले वर्तमान संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख नगरिएको बताएका थिए । त्यस्तै अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताएका थिए ।

गत पुस एघार देखि सर्वाेच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ दुई गते आदेश भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा आइतवारवाट विषयवस्तुमा प्रवेश गरेर बहस शुरु भएको हो ।

१० पुसको संवैधानिक इजलासले २२ पुसदेखि नै निरन्तर सुनुवाइ गर्ने आदेश गरेको भए पनि आइतबारदेखि मात्रै सर्वोच्च अदालतले हरेक दिन संवैधानिक इजलासमा यो विवादलाई सुनुवाइ गर्न थालेको हो । यसअघि साताको दुई दिन बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्दै आएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *