प्रतिनिधिसभामा गगन थापाको स्वास्थानी वाचन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रतिनिधिसभामा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कसैले स्वस्थानीको पाना च्यात्ने अभिव्यक्तिको विरोध गरे भने कसैले बालुवाटार जग्गा प्रकरणमा स्वस्थानीको कथा वाचन गरेर सरकार र अख्तियारप्रति तिखो व्यंग्य गरे ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा काँग्रेस सांसद गगन थापाले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपाका नेताहरुलाई जोगाएको भन्दै श्रीस्वस्थानी बाचन शैलीमा व्यङग्य गरे । कुमार जी आज्ञा गर्नुहुन्छ भन्दै भनाइ सुरु गरेका थापाले वालुवाटार जग्गा प्रकरणमा सरकार, नेकपा र अख्तिायारलाई कडा व्यंग्य गरे ।

सांसद अतहरकमाल मुसलमानले संसदभित्र धर्मका विषयमा टिकटिप्पणी नगर्न आग्रह गरे । केही दिन अघिको संसदमा नेकपा सांसद यशोदा सुवेदीले महिलालाई अपमान गरेको भन्दै स्वस्थानीको किताब च्यात्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । त्यसको विरोध गर्दै सांसद मुसलमानले जनताबाट निर्वाचित जनप्रतिनिधिले धर्मका बारे टिका टिप्पणी गर्दा अनावश्यक विवाद निम्तिने बताए ।

सांसद अमृता थापाले सरकारले छाउगोठ भत्काउने अभियान सुरु गरेको प्रति आभार व्यक्त गर्दै छाउप्रथा, बोक्सीप्रथा लगायतका महिला हिंसाका भित्रि कारण खोजेर मनको गोठ भत्काउने अभियान सुरु गर्नुपर्ने बताइन् ।

सांसद अमरेशकुमार सिंहले उखु किसानहरुले भुक्तानी नपाएको कुरा पटक पटक उठेपनि अझसम्म भुक्तानी पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराए । सांसद इन्दुकुमारी शर्माले सरकारी कार्यालयमा माथिल्लो दर्जाका कर्मचारीले तल्लो दर्जाका कर्मचारीहरुलाई गर्ने व्यवहार सामन्ती सरकारको जस्तो भएको टिप्पणी गरिन् । सांसद कलिला खातुनले काठमाडौं महानगरपालिकास्थित सुन्धारा छेउमा रहेको सरकारी जग्गा विचौलियाहरुले व्यक्तिको नाममा दर्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *