प्रचण्ड पत्नी सीता दाहालको उपचार रामदेवको पतञ्जली योगपीठमा हुँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं _ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको उपचार आयुर्वेदिक पद्धतिबाट सुरु भएको छ ।

आयुर्वेदिक पद्धतिबाट उपचार गर्न सीता छोरी गंगा दाहालका साथमा बाबा रामदेवको पतञ्जली योगपीठमा पुगेकी छन् ।

गंगा दाहालका अनुसार सीताको उपचार सुरु भइसकेको छ । रामदेवकै प्रत्यक्ष अनुगमनमा सीताको उपचार हुनेछ । यसअघि विभिन्न देशमा सीताको उपचार भए पनि कम हुन सकेको थिएन । सोही कारण आयुर्वेदिक पद्धतिबाट उपचार गर्न लागिएको हो ।

सीता दाहालसँगै पूर्वमन्त्री मातृका यादव पनि पतञ्जली योगपीठ पुगेका छन् । गंगा दाहालले फेसबुकमा राखेको तस्बिरमा सीता निकै दुब्लाएको देखिन्छ । उनी अरुको सहाराबिना हिँड्न सक्ने अवस्थामा छैनन् ।केहि समय अगाडी उपचारकालागी प्रचण्ड अमेरिका समेत पुगीसकेका छन । दुबाई,अमेरिका,सिंगापुर,नेपालकै विभिन्न अस्पताल लगाएत तातोपानी समेत पुगेको फोटोहरु सामाजीक संजालमा देखापर्दै आएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *