प्रचण्ड निवासका ६ जना सुरक्षाकर्मीलाई पनी कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा सुरक्षार्थ खटीएका ६ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ। प्रचण्डको परिवारका सदस्यसहित निवास र उनको सुरक्षामा तैनाथ प्रहरीको स्वाब लिएर गरिएको परीक्षणमा ६ जनालाई कोरोना पुष्टि भएको हो। प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले परिवारका सदस्यसहित सुरक्षाकर्मीको पनि स्वाब परीक्षण गराउँदा ६ जनामा कोरोना देखिएको हो। सापकोटाका अनुसार सुरक्षाकर्मीहरुलाई संक्रमण देखिए पनि प्रचण्ड परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको थियो।

उनका अनुसार निवासको सुरक्षामा बाहिरी घेरामा रहेका ६ जनलाई संक्रमण पुष्टि भएको हो। पछिल्लो समय काठमाडौंसहित देशभर सामूहिकरुपमा बस्दै आएकाहरुलाई कोरोना देखिन थालेको छ। बुधबार मात्रै प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा पनि कोरोना देखिएको थियो। उनले काठमाडौंमा आएर गृहमन्त्री र प्रधानमन्त्रीसहितलाई भेटेर आइतवार जनकपुर फर्किएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *