प्याराग्लाइडिङको वल्र्ड कप एसियन टुर अन्र्तगत टिम इभेण्टमा नेपाल प्रथम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पोखरामा शनिबार सम्पन्न भएको प्याराग्लाइडिङ को क्रसकन्टी बिधा “वल्र्ड कप एसियन टुर” २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसिप अन्र्तगत टिम इभेण्ट तर्फ नेपालले उपाधि जित्न हात पार्न सफल भएको छ ।

शनिबार भएको ४७.८ किलोमिटरको दुरीमा नेपाली टोलीले शुक्रबार कै जस्तै उत्कृष्ट प्रर्दशन गरी अन्य टिमलाई पछि पार्दै १७ अंक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । नेपाली टोलीले तीन दिनको खेलमा ५४ अंक जोड्न सफल भएको हो ।

यही फागुन ११ गते देखि पोखरामा संचालन भएको उक्त प्रतियोगिमा नेपालले प्रमुख दाबेदार कोरियन टोलीलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो । पहिलो दिनको खेलमा पछि परेको नेपालले लगातार दुई दिनको खेलमा उत्कृष्ट प्रर्दशन गरेको हो । टिम नेपालको नामबाट नेपालको प्रतिनिधित्व गरेको नेपाली टिममा युकेश गुरुङ, विशाल थापा, विजय गौतम र शेरबहादुर गुरुङ रहेका थिए ।

तीन दिनको खेलमा कोरियाको टीम ४८ अंक सहित दोश्रो र ४५ अंक ल्याएको जर्मन तेश्रो भयो । लगातार तीन दीन प्रतिकुल मौसमका कारण न्यूनतम एक घण्टा पनि प्रतियोगिहरुले आकासमा उडान गर्न नसकेका कारण खेल रद्ध भएको थियो । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा उक्त प्रतियोगिता भएको हो ।

एकल तर्फको प्रतिष्पर्धामा कोरियाले उपाधिका जित्न सफल भएको छ । कोरियाका जङ्गमेन चोईले २ हजार २ सय २० अंकका साथ उपाधि जित्न सफल भए । नेपालका विशाल थापाले २ हजार १ सय ४७ अंकका साथ दोश्रो भए । कोरियकै चिक्योङ हा ले २ हजार १ सय ३० अंकका साथ तेश्रो भए । नेपालका बिजय गौतम भने चौथो भएको हवाई खेलकुद संस्था ना का निवर्तमान अध्यक्ष योगेश भट्टराईले बताए ।

त्यसै गरि महिला एकल तर्फ अमेरिकाकी ग्यालेन कर्कप्याट्रिक उपाधि जित्न सफल भइन् । उनले तीन दीनको खेलमा १ हजार १ सय ६० अंकका साथ प्रथम भएकी हुन्। कोरियाकी याना ली ७ सय ४७ अंक ल्याउदै दोश्रो भइन भने स्विजरल्याण्डकी सुसन स्टोफरले ३ सय ७१ अंकका साथमा तेश्रो भइन् ।

नेपाल तर्फको १९ औं च्याम्पियनशिप अन्तरगत विशाल थापाले उपाधि जिते । त्यसै गरी विजय गौतम दोश्रो र आशिष थापा तेश्रो भए । सुरज थापा चौथो र युकेश गुरुङ पाँचौ स्थानमा रहे ।

विजेता खेलाडीहरुको टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार), अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । पोखरामा पहिलो पटक भएको वर्ल्ड कप एशियन टुर–२०२० मा २० देशका ९२ जना प्यराग्लाईडिङ पाइलट सहभागि भएको कम्पिटिसन डाइरेक्टर विमल अधिकारीले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *