प्याजको आपूर्ति सहज बनाउन भारत सरकारसँग कुटनितिक पहल गर्नुपर्ने : बालकृष्ण खाण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालमा प्याजको आपूर्ति सहज बनाउन भारत सरकारसँग कुटनितिक पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस यूनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा सचेतक खाँडले भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली जनतालाई ठूलो समस्या हुने भन्दै समाधानका लागि कुटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरे । खाँणले चाडपर्वको वेला खाद्य पर्दाथको कालोवजारी बढेको तर्फ ध्यान पु¥याउन पनि आग्रह गरे ।

मुल्यवृद्धि पस्चात भारतले प्याजको निकासीमा लगाएको प्रतिबन्धको सामना गर्न उत्पादनमा ध्यान दिने कि भारतलाई निर्यातमा सहजताकोलागी कुटनीतीक पहल गर्ने ? सोच्ने समय आएको छ ।

प्रमुख सचेतक खाँडले नेकपा नेतृत्वको सरकारले चीन सरकारसँग सी विचारधाराका लागि गरेको सम्झौताले मुलुकलाई एक दलिय अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *