पोहोरसाल जस्तो धानको उब्जाउ यो साल छैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

✍️प्रकाश अर्याल/ भिरकोट
पोहोरसाल जस्तो धानको उब्जाउ यो साल छैन ।सोचेँ जस्तो धान उब्जाउ छैन,नेपालको प्रमुख बाली धान हो
असारमा मानो रोपेर मङ्सिरमा मुरि भित्र्याउने समयमा
स्याङ्जा जिल्ला भिरकोट नपा ५ पकानमा पनि कृषकलाई धान भित्र्याउनको चटारो छ ।


असारमा धान रोपे पछि निरन्तर बर्षात भयो कहिले बाढी गयो र धान बगाएर लग्यो त कहिले rice hipsa रोगले किराले धान बाली सखाप नै पार्यो ।

स्याङ्जाबाट कृषि बिज्ञ बोलाएर निरीक्षण गरे पछि सिताम्मे भएको धानमा केही किटनाशक बिषादीहरि छरेपछि केही मात्रामा कम भएको थियो। जब धान पसाउने बेला भय पछि कालोपोकोले सबैको धान कालै बनायो र फटयांग्रोले पनि धानका बाला र केसरा भुइ भरी बनायो जति उब्जाउ हुनुपर्ने थियो यो साल तेति उब्जाउ हुन सकेन।

अहिले फाँटमा सबैको धान पाकेर काट्ने र भित्र्याउनेको चटारो छ ।पहिलेको जस्तो दाँइ हाल्ने, गोरु नार्ने चलन अहिले हराउदै गएको छ । अहिले सबैले threser मेसिनको सहायताले सबैलाइ धान थन्क्याउन सजिलो भयको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *