पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

यशोधरा गाउंपालिका वडा नं. २ विचली भडेहरको पोखरीमा एक महिला डुबेर मृत अवस्थामा फेला परेकी छिन् । सोही वडाकी २१ वर्षीय अनिता पासीको शब डुवेको अवस्थामा गाउंको दक्षिण तर्फ रहेको सार्वजनिक पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

के कारणले ? कहिले डुबेर मृत्यु भएको हो ? अझै खुल्न सकेको छैन । घटना बारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको छ ।

मृतक महिला विहिवार सांझबाट घरपरिवारसंग सम्पर्क विहिन अवस्थामा रहेकी थिईन् । आज दिउसो मात्रै उनको शव पोखारीमा डुबेको अवस्थामा फेला परेको थियो । पोष्टमार्टम रिर्पोट पछि घटना हत्या वा आत्महत्या के हो ? सवै कुरा प्रष्ट हुने प्रहरी नायब उपरीक्षक धर्म राज भण्डारीले बताए ।

फोटो विवरण । यशोधरा गाउंपालिका वडा नं. २ विचली भडेहर गाउं नजिकैको सार्वजनिक पोखरीमा डुबेको अवस्थामा महिलाको शव

Leave a Reply

Your email address will not be published. Required fields are marked *