पोखरीमा डुबेकी बालिका सात घण्टापछि जिउँदै फर्किएपछि सबै आश्चर्यचकित !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै बाहिर निस्केको दाबी गर्ने एक किशोरीको अहिले जिल्लाभरि चर्चा भइरहेको छ । ती किशोरी हुन् सप्तरीको बलानबिहुल गाउँपालिका ६ रौतहटकी १४ वर्षिया मुनचुन कुमारी दास । उनलाई हेर्न र देवी मानी पूजा गर्नेको अहिले गाउँस्थित ठाकुरबाबा मन्दिरमा ठूलो भिड लागेको छ ।कोरोनाको जोखिमका बीच धार्मिक आस्थाका आधारमा भिड उर्लिएपछि त्यसलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।

अक्सिजनको संचार हुन नसक्ने सो पोखरीमा डुबेर सात घण्टापछि जिवित्तै निस्केको अनौठो घटना र दाबी गरिएपछि सबै चकित परेका छन् । सात घण्टासम्म पानीमा डुबेर ती किशोरीको ज्यान जोगिनुलाई स्थानिय तथा जनप्रतिनिधिहरुले दैविक शक्ति र चमत्कार मानेका छन् भने कसैले स्वास्थ्य विज्ञानलाई चुनौती भनेका छन् । चिकित्सकहरुले भने यस्ता कुरालाई स्वास्थ्य विज्ञानले नस्विकार्ने बताइरहेका छन् ।

गाउँकै जागेश्वरी जनता मावि कक्षा ८ मा अध्ययनरत मुनचुन कुमारीले आफू फुल टिप्न बिहीबार दिउँसो ४:३० बजे तिर पोखरीमा पसे लगत्तै एक जना बाबा जस्तो देखिने बृद्ध व्यक्तिले कपाल तानेर भित्र लगेको र धेरै रोई कराई गरेपछि सात घण्टापछि पोखरीको डिलमा ल्याई छाडिदिएको सुनाईन् । गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले यो ऐतिहासिक मन्दिर र पोखरीमा बिहीबार भएको घटनाले सबैलाई चकित पारेको बताए । उनले यो घटना सत्य र दैविक शक्तिको नमुना भएको दाबी पनि गरे ।

स्थानीय बासिन्दा राजेन्द्र साहका अनुसार शुक्रबार दिउँसो ४:३० बजेतिर राजकुमार दासकी १४ वर्षिया छोरी मुनचुन साथीहरुसँग पोखरी नजिकै घाँस काट्न गएकी थिइन् । सोही क्रममा पोखरीमा एउटा मनमोहक फुल फुलेको देखेपछि घाँस काट्न छाडेर पोखरीमा पसेकी थिइन् । फुल नजिकै पुगेपछि अचानक उनी डुबेर बेपत्ता भईन् । सो बारे खबर पाउनासाथ प्रहरीस र गोताखोरहितको टोली पुगेर सातघण्टासम्म खोजतलास गरेपनि उनी फेला नपरेको वडा अध्यक्ष दासले सुनाए । राती परिसकेकाले भोली बिहान पुनः खोजतलास गर्ने सल्लाह गरि फर्किन लाग्दा एक्कासी मुनचुनको चिच्याएको आवाज सुनेको र फर्किदा पुरै शरीर भिजेको र रोइरहेको अवस्थामा उनी फेला परेको साहको भनाई छ ।

घटना बारे चासो देखाउँदै शनिबार घटनास्थल पुगेका प्रदेश २ का सभासदस्य गोबिन्द न्यौपाने र पूर्व सिंचाई मन्त्री उमेश यादवले उक्त घटनालाई यहाँका जनताले दैविक शक्ति मानेको बताए । उनीहरुले उक्त पोखरी र मन्दिरको ऐतिहासिकता तथा पौराणिकताका बारेमा तथ्यमा पुग्नका लागि पुरातत्व विभागले आवश्यक अनुसन्धान गरि सरकारले उक्त क्षेत्रलाई धार्मिक पर्यटक स्थलका रुपमा विकास गर्न जरुरी रहेको बताए ।

गाउँको उक्त ऐतिहासिक मन्दिर र पोखरीमा दैनिक स्थानिय श्रद्धालुहरुको घुँइचो लाग्ने गरेको छ । पोखरीमा स्नान गर्ने र पवित्र भई उक्त मन्दिरमा पूजाआजा गर्ने वर्षौदेखी परम्परा चलिआएको स्थानिय बुढापाकाहरुको भनाई छ । यस घटनाले चकित वरिपरि गाउँका सयौ मानिसहरु पोखरीको डिलमा भिड भएका छन । पोखरी डिलमा रहेका ठाकुर बाबा मन्दिरको देबीको चमत्कारका कारण बालिका फर्किएको भन्दै भेटी चढाउनेको समेत भिड लागेको छ । पोखरी र पोखरीको डिलमा रहेको मन्दिरको पुजारी लुचाई दासले यस पोखरीमा अदभुत शक्ति रहेको बताए ।

यस पोखरीमा नुहाउने व्यक्तिलाई लुतो, चर्मरोग, जस्ता रोगहरु निको हुने जनविश्वास रहेको बताए । पूर्वकाल देखिनै धार्मिक आस्था रहदै आएको पोखरीलाई संरक्षण र पर्यटकिय स्थल बनाउनका लागि संघ र प्रदेश सरकार समक्ष गुहार लगाउदै आएको बताए ।करिब २२ विघाको क्षेत्रफलमा सो पोखरीको छेउमा धर्मसंग जोडिएका तीन वटा पोखरी समेत रहेका छन । प्रत्येक वर्ष बैशाखको १ गते पोखरीको डिलमाथि धार्मिक मेला लाग्दै आएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *