पोखरामा वडाध्यक्षको घरमा विस्फोट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा – सोमबार बिहान पौने ३ बजे पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष शिव आचार्यको घरमा विस्फोट भएको छ । विस्फोटबाट घरमा पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको छ । यो वडा पनि निर्वाचन क्षेत्र कास्की २ भित्र पर्दछ । कास्की २ मा १४ मंसिरमा उपचुनाव हुँदैछ । २स्४५ बजे भएको विस्फोटको प्रहरी र परिवार दुवैले पुष्टि गरेका छन् । विस्फोट कसले गरायो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले शंकास्पद व्यक्तिहरुमाथि निगरानी गरिरहेको बताए । वडाध्यक्ष शिव आचार्यको घर भने वडा नं १७ विरौटामा छ । घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा विस्फोट भएको थियो । वडाध्यक्ष शिव आचार्यले सुतिरहेको अवस्थामा ठूलो आवाज आएपछि मात्र थाहा पाएको बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *