पोखरामा पर्यटन चर्चा : अब घरमै बसेर हुँदैन घुम्न हिँडौँ –मुख्यमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाईरसको महामारीपछि सुस्ताएको पर्यटन कसरी उकास्ने भनेर पोखरामा सरोकारवालाहरुले बैचारिक बहस सुरु गरेका छन् । पर्यटकले खचाखच हुने पोखरा यतिबेला सुनसा नबनेको छ । तर व्यवसायीहरुले अब महामारीलाई नै आत्मसाथ गरेर पर्यटन चलायमान बनाउनुको विकल्प छैन भन्ने अभियानमा लागेका छन् ।

पोखरा महानगरको शहरी योजना आयोगले पोखरा पर्यटन परिषदको समन्वयमा ‘नविनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला’ नामक कार्यक्रम गर्यो । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले कोभिड—१९ लाई अब घर बसेर मात्र जित्ने नसकीने जनाउँदै सुरक्षाको मापदण्ड अपनाएर गण्डकी प्रदेश घुम्न आउन आग्रह गरे । पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषदको समन्वयमा आज बिहिबार पोखरामा भएका कार्यक्रममा मुख्यमन्त्रीले अब सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

उनले कोरोनाका संक्रमित देखिए यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन र साहसिक खेल लगायत ग्रामिण पर्यटनको लागि डराउन नपर्ने बताए । कोभिड–१९लाई कोठामा मात्रै बसेर जित्न नसकिने जनाउँदै उनले सुरक्षित भएर आन्तरिक पर्यटन प्रवद्र्धनमा जुट्नु पर्नेमा जोड दिए । कोभिड –१९ को असरले गण्डकी प्रदेशमा २७ अर्बको नोक्सानी भोगिसकेको भन्दै उनले अब पर्यटनलाई चलायमान गर्नुपर्ने धारणा राखे ।

तत्काल पर्यटन क्षेत्रले भोग्नु परेको नोक्सानलाई ध्यान दिएर व्यवसायीलाई राहत प्याकेज मार्फत यस क्षेत्रमा टिकाउन चुनौति रहेको उल्लेख गर्दै १ अर्बको राहत प्याकेजलाई मंसिर भित्रै वितरणको गर्ने गरी पहल गरिएको जानकारी मुख्यमन्त्री गुरुङले दिए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै भ्रमणवर्ष २०२० लाई सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भब्य गृहकार्य भएपनि कोभिड –१९ अभियान सफल हुन नसकेको बताए । उनले कोभिड– १९ का कारण पर्यटन मा मासिक १० अर्ब घाटा व्यहोरिरहेको र अर्थतन्त्रको ठूलो हिस्सालाई प्रत्यक्ष असर पारेको बताए । आन्तरिक र बाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण र पदयात्राका लागि बिस्तारै बुकिड्ड खुला हुँदै गएकाले अब बैकल्पिक पर्यटन खोजीसँग अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेशका पर्यटन उद्योग तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सस्कृति, प्रकृति र साहसिक पर्यटनको लागि आर्कषक गन्तब्य भएको उल्लेख गर्दै यसलाई ब्राण्डिङ्ग गरेर जानुपर्ने धारणा राखे । प्रतिनिधि सभा सदस्य एवम् पूर्व मन्त्री खगराज अधिकारी सुरक्षाको मापदण्ड अपनाएर आन्तरिक पर्यटन प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए ।

अर्का सांसद विद्या भट्टराईले अब कोभिड–१९ पछिको पर्यटनको अवस्थालाई अध्ययन गरेर नयाँ कोर्ष सृजना गरेर जानुपर्ने बताईन । उनले युथ प्याकेज बनाएर आन्तरिक पर्यटन प्रवद्र्धन गरेर अन्तराष्ट्रिय रुपमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने धारणा राखिन ।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखराको पर्यटनको विकासमा कार्ययोजना सहित अघि बढेको बताए । उनले महामारी पछिको पर्यटनमा नयाँ सम्भाब्यताको खोजीलाइ जोड दिएर अघि बढ्न आग्रह गरे । कार्यक्रममा सुढृढ परियोजनाका नीति सल्लाहकार कृष्ण ज्ञवाली, गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले पर्यटनको विषमा आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा पोखरा महानगरपालिका शहरी योजना आयोग उपाध्यक्ष डा. रामचन्द लामिछाने , पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटा, पर्यटनका अध्येता एवंम कार्यशालाका सहजकर्ता श्रीकान्त खतिवडाले पोखराको पर्यटनका वर्तमान अवस्था र यसले पारेका प्रभाव साथै कोभिड १९ पछाडिको पर्यटनको विषयमा नविनतम सम्भावनाको खोजीको बारेमा प्रस्तुती राखेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा पोखराका पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी संघसंस्थाहरु बीच समुहगत छलफल गरी पर्यटनका सवल पक्ष सहित कोभिड १९ पछि कसरी पर्यटन केन्द्रीत कार्यक्रम गर्ने भन्ने सामुहिक निष्कर्ष निकालिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *