पोखरामा दशैँ भनेकै च्याङ्ग्रा, जति महँगो भएपनि खानैपर्यो :उपभोक्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पोखरामा पछिल्ले समय दसैंको परिभाषा र संस्कृति बद्लिएको छ । कुनै समयमा आफूँभन्दा मान्यजनको हातबाट टीका लगाउने र आर्शीवाद लिने चलनमा एउटा कुरा थपिएको छ । त्यो हो च्याङ्ग्रा संस्कृति । अर्थात् पोखरेलीका लागि आजभोलि दसैं च्याङ्ग्रा खानको लागि आउने गर्छ । त्यहि भएर त पोखरेली हरु जतिसुकै महँगो मुल्य परेपनि च्याङ्ग्रा किन्नै पर्ने मानशिकता राख्छन् । यसपटक पहिलेको वर्षभन्दा करिब दश देखि पन्ध्र हजारसम्मै महँगो भएको उपभोक्ताहरु बताउँछन।

दसैंका बेला पोखरामा करिब ८० करोड बराबरको मासुको कारोबार पोखरामा हुन्छ । जसमा ६० करोडभन्दा बढी त च्याङ्ग्राकै हुने गरेको पोखराका मासु व्यवसायीको तथ्यांक छ । गत वर्ष पोखरामा २० हजारको हाराहारीमा च्याङ्ग्रा पोखरा भित्रिए पनि यो वर्ष त्योभन्दा केहि बढी भित्रीएको छ । यो वर्ष एउटा च्याङ्ग्राको मूल्य पोखरामा ३० देखि ४० हजार रुपैयाँसम्म भनिएको छ । उहिले भेडा र च्याङ्ग्राको व्यापारका लागि आफ्नै खोरबाट कृषकहरु नै पोखरासम्म आउँथे तर हिजोआजको समयमा व्यपारीहरु कृषकको खोरसम्म पुगेर खरिद गरी पोखरा ल्याई ब्यापार गर्ने गर्दछन् । खरिद नै गर्ने ठाउँमा महँगो परेको व्यापारीहरुको भनाई छ ।

पोखरामा आउने च्याङ्ग्रामा सबैभन्दा पहिले तिब्बतवाट आउने गर्ने विस्तारै उनीहरुसँगै मुस्ताङको उच्च हिमाली भेगबाट आउन थाले । अहिले राम्ररी खेती नहुने र बस्ती पनि बस्न नमिल्ने स्थानमा जिवीकोपार्जनका लागि पशु तथा च्याङ्ग्रा पाल्ने गरिन्छ र खाएर बचेको च्याङ्ग्रालाई बेच्ने गरिन्छ । यसरी बेचिने स्थानमा तिब्बती भू–भाग, डोल्पाको उत्तरी भाग, मुस्ताङको लोमाङथाङ, एरा, धारा, चेले, ध्याघर, छुसाङ लगायतका स्थानबाट च्याङ्ग्रा ल्याउने गरिन्छ । तर पोखरासम्म ल्याईपु¥याउन सहज भने छैन । पोखरामा पहिलोपटक बझाङबाट च्याङ्ग्रा लिएर आएका एक व्यापारीको अनुभवले सोही कुरा दर्शाउँछ ।

विशेष गरी डोल्पाका पुरै सेता र अलि ठूला खालका च्याङ्ग्रा हुने गर्छन् भने अन्यत्रका अलि साना र काला तथा अन्य रंगका हुने थकाली संस्कृति अध्यता तुलाचनको भनाई छ । उनका अनुसार डोल्पाभन्दा मुस्ताङ र तिब्बती च्याङ्ग्राको स्वाद मिठो हुन्छ । पोखरामा अहिले तिनै च्याङ्ग्रालाई खोरपाला र नुन बोका भन्ने चलन छ । डोल्पाकालाई नुन बोका र मुस्ताङकालाई खोरपाल भनेर बुझिन्छ ।

पोखरामा कुनै बेला रुकुमका च्याङग्रा ल्याउने गरेका थिए तारा भोटेले । हिमाल तिर बस्ने मानिसलाई भोटे भनिन्छ । कहिले त चाइनिजले समेत खसी च्याङ्ग्रा भेडा लिएर बेच्न आउने गरेका थिए । दसैं आउनुभन्दा १ देखि डेढ महिना अगाबै च्याङ्ग्रा किन्नकै लागि व्यापारी उपल्लो मुस्ताङ पुग्ने गर्छन् । मुस्ताङको उच्च हिमाली क्षेत्रमा व्यवसायिक प्रयोजनका लागि पालिएका च्याङ्ग्रा गोटाका हिसाबले घरघरबाट किनेर १ स्थानमा संकलन गरिन्छ । उच्च हिमाली भेगबाटै चराउँदै मुस्ताङ, म्याग्दी, पर्वत हुँदै पोखरासम्म ल्याइन्छ । यसरी ल्याईएका भेडा च्याङ्ग्रा पोखराको वडा नं १ सिम्पानी, टुँडीखेल मैदान लगायतका ठाउँबाट विक्री वितरण गर्ने गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *