पोखराको प्रर्दशनी केन्द्रमा विष्पोट ,एकजना घाईत, दुई सवारीसाधानमा सामान्य क्षती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पाखराको पोखराको प्रदशनि केन्द्रमा विष्फोट भएको छ । नेकपाको चुनावी सभा नजीक भएको विष्पोटमा परि पोखरा १५ की धनदेवी विकको टाउकोमा सामान्य चोट लागी घाईते भएको र उनलाई उपचारको लागी अस्पताल लगीएको पोखरा प्रहरीले जानकारी दिएको छ । पोखरामा सत्तारुढ नेकपाले आयोजना गरेको चुनावीसभा नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो । दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएपछि केहीबेर भागदौड मच्चिएको थियो । पोखरा–९ स्थित नयाँबजारमा रहेको पोखरा प्रदर्शनी केन्द्रको गेटमा बम विस्फोट भएको हो । सभामा होहल्ला र भागदौड मच्चिन थालेपछि सुरक्षाकर्मीहरुले खासै ठूलो विस्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा संचालन भइरहेको छ । विस्फोट भएको स्थललाई सुरक्षाघेरामा राखेर अनुसन्धान भइरहेको छ । चुनावीसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरु बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ लगायत पोखरामा छन्

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *