पोखराको देउमाणीमा ४ सय लालीगुराँसका विरुवा रोपीयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

५८औं इन्जिनियरिङ दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकाको देउमाणीमा वृक्षारोपण गरिएको छ । नेपाल इञ्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशद्धारा आयोजित कार्यक्रममा ४ सयवटा लालिगुराँस फूलका बिरुवा रोपिएको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसले महानगरपालिकाले विरुवा हुर्काउने अभियान सञ्चालन गरिरहेको बताए । वृक्षारोपण गरेर मात्र हुँदैन, यसलाई हुर्काउनु ठुलो कुरा भएको भन्दै उनले पोखरा महानगरपालिकाले बिरुवा हुर्काउने अभियान चलाईरहेको दावी गरे ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले बिरुवा रोप्नु ठुलो कुरा नभएको तर त्यसलाई हुर्काउनु ठुलो कुरा भएको बताए) । वर्षको एकपटक विरुवा रोपको ठाउँमा पुगेर आफुले रोपेको विरुवाका अवस्थाको जानकारी लिनुपर्ने उनले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष निर्मल दियालीले वृक्षारोपण गरिएका राष्ट्रिय गुराँस फुल संरक्षण गर्न वाडावासीसँग समन्वय गर्ने बताए ।
नेपाल इञ्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश समितिका सभापति बाबुराम भण्डारीले कास्की जिल्लाका सम्पुर्ण ‘हिल स्टेसन’मा फूलका बिरुवा रोप्ने अभियान अन्तर्गत इन्जिनियरिङ दिवसको अवसरका कालिकाबाट कार्यक्रम शुरु गरेको जानकारी दिए । पोखरामा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाइजहाजबाट पोखराको दृश्य हेर्दा चारैतिरको डाँडामा फूलै फूल देखिएर पर्यटकलाई झनै आर्कषित गरोस् भन्ने हेतुले फूल रोप्ने अभियान सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रममा प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसनका उपाध्यक्ष महेन्द्र गोदार, नेपाल इञ्जिनियर्स एशोसिएसनका सह कोषाध्यक्ष चादमाला श्रेष्ठ, शहरी योजना आयोगका उपाध्यक्ष आरसी लामिछाने, सदस्य सरोज कोइराला, नेपाल इञ्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश समितिका उपाध्यक्ष धुव्र भट्टराई, सचिव दिपक थापालगायतले वृक्षारोपण बातावरण जोगाउन वृक्षारोपण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

रोयल ट्रेकको रुपमा परिचित सो ठाउँमा वि.सं. २०३७ सालमा बेलायतका राजकुमार चाल्सले पदयात्रा गरेपछि एक्कासी यसको चर्चा बढेको थियो । ऐतिहासिक महत्व बोकेको काल भैरवको मन्दिर नजिकैको सार्वजनिक स्थानमा रोपिएका लालिगुरासँका विरुवाले उक्त ठाउँको आकर्षण थप बढ्ने स्थानियको भनाइ छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *