पोखराको छोरेपाटन फुश्रेखोलामा ३ जना युवती डुबे,एक यूवतीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखराको छोरेपाटन नजिकै फुश्रेखोलामा डुबेर एक यूवतीको मृत्युभएको छ भने एक जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको नाम खुल्न सकेको छैन । मंगलबार दिउँसो ३ जना साथी मिलेर पौडी खेल्न गएका बेला ३ जना नै डुबेको बताईएको छ । डुबेका मध्ये एक यूवती मृत अवस्थामा फेला परेको स्थानीय लीला पौडेलले जानकारी दिए । ३ जना मध्ये एक जनालाई घाईते अवस्थामा उद्धार गरि अस्पताल पठाईएको छ भने बेपत्ता भनिएका एकजना शकुशल भेटिएका छन । छोरेपाटन बाट करिब ३ किलोमिटर पश्चिमतर्फ प्याबिलियन हिमालयन होटल नजिकै रहेको पानीमा उनीहरु पौडी खेल्न गएका थिए । उनीहरु ३ जना काभ्रेबाट पोखरा आएका व्यक्तिहरु रहेको बताईएको छ । घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *