पोखराको अन्नपूर्ण गार्डेनमा भिषण आगलागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा महागनरपालिका ६ लेकसाइडमा रहेको अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा शुक्रबार दिउसो भिषण आगलागी भएको छ । स्थानीय, सुरक्षाकर्मी र दमकलको मद्यतमा आगोलाई नियन्त्रणमा लिइएको थियो । रेस्टुरेन्टको किचनबाट आगलागी शुरु भएको अनुमान गरिएको छ ।

आगलागी भएको करिब डेढ घण्टामा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

फेवाताल किनारा नजिकै रहेको रेस्टुरेन्टका फर्निचर र केही सामग्रीहरु बाहिर निकालेर बचाईको थियो । किचन र बारमा रहेका सामग्रीहरु भने जलेर नस्ट भएका छन् ।

आगलागीबाट करिब १ करोडको क्षति भएको प्रहरीको अनुमान रहेको छ । उक्त रेष्टुरेण्ट किरण गुरुङको रहेका बुझिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *