पेस्तोल र गोलीसहित काठमाडौंको चोभारबाट ३ लुटेरा पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– काठमाडौंको चोभरबाट ३ जना लुटेराहरु हतियारसहित पक्राउ परेका छन् ।

काठमाडौंका विभिन्न ठाउँमा हुने गरका लुटपाटका घटनामा संलग्न व्यक्ति पक्राउ परेका महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सहकूल थापाले खबरहबलाई जानकारी दिए ।

थापाका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपाकिला–१४ का मनोज बस्नेत तथा देवेन्द्र भण्डारी र काठमाडौंको कीर्तिपुर नगरपालिका बस्ने सुमन खड्का छन् ।

उनीहरुको साथबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद भएको एसएसपी थापाले जानकारी दिए ।

बा १७ च ८३६४ नम्बरको कारमा सवार रहेका उनीहरुलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको थापाले जानकारी दिए । थापाका अनुसार उनीहरुको राथबाट लागू औषधसमेत बरामद भएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *