पेप्सी उत्पादक वरुण बेभरेजलाई ६५ करोडको नक्कली भ्याट बिल मुद्दा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाण्डौ – नक्कली भ्याट बिलको प्रयोग गरेर ६४ करोड ९६ लाख रुपैयाँ राजश्व छलेको आरोपमा वरुण वेभरेज र ७ जना सञ्चालकविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

राजश्व अनुसन्धान विभागले १ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ बिगो माग गरेर बिहीबार जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गराएको हो । मुद्दामा अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद कुमार सिंह र अशोक कुमारलाई दोषी किटान गरिएको छ ।

उनीहरुलाई ३ वर्ष कैद र बिगोको दोब्बरसम्म जरिवाना माग गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *