पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी तीन वटै पदार्थमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

अब काठमाण्डौमा पेट्रोल प्रतिलिटर एक सय आठ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ कायम भएको छ ।

भारतमा तेलको मूल्य घटेपछि नेपालमा पनि समायोजन भएको निगमले जनाएको छ । तर ग्यासमा भने मूल्य समायोजन भएको छैन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *