पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर रोल्पामा दुर्घटना एकको मृत्यु,११हजार लिटर तेल नष्ट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रोल्पामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् ।नेपालगञ्जदेखि रेउघा रोल्पा आउँदै गरेको ना ४ ख २२५७ नम्बरको ट्याङ्कर रोल्पा नगरपालिका १ भदौरे मन्दिर नजिक अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ट्याङ्कर चालक नेपालगञ्जका ३६ वर्षीय अर्पणचन्द्र सिंहको ज्यान गएको र सहचालक भारतका बहराइचका १९ वर्षीय सुनीलशङ्कर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिएकाहुन ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा जिल्ला अस्पताल रेउघामा मृत्यु भएको हो भने घाइते सहचालकको रेउघामा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ । ट्याङ्कर दुर्घटना हुँदा दुई हजार लिटर डिजल र नौ हजार लिटर पेट्रोल नष्ट भएको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *