पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेविसंघको ज्ञापन पत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष राजीव ढुँगाना नेतृत्वमा गएको टोलीले बुधबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई ज्ञापन पत्र बुझाएको हो । लकडाउनले आम उपभोक्ताको आम्दानी घटेका बेलामा मूल्यवृद्धि गर्नु अमानवीय भएको नेविसंले बताएको छ ।

लकडाउनको ३ महिनाको अवधिमा मात्र ३ अर्ब नाफा गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्यवृद्धि हुँदा पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ मूल्यवृद्धि गर्नु गलत भएको धारणा संघले व्यक्त गरेको छ । संघले बुझाएको ७ बुदे सुझावसहितको ज्ञापनपत्रमा स्वचालित मूल्यलाई पूर्णरुपमा पालना गर्नुपर्ने, लकडाउनमा जनतालाइ सहुलियत दिनुपर्ने लगाएतका बिषय समेटिएको छ ।

ज्ञापन पत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले नाफा कमाउने नियतले मूल्यबृद्धि नगरिएको स्पष्ट पारेकाछन् । सरकार कालोबजारीमा नलाग्ने भन्दै उनले लकडाउनको अवधिमा सहूलियत दिएको दाबि गरेकाछन् ।

तीन महिनाको अवधिमा ३ अर्ब नाफा कमाएको आयल निगमले विश्व बजारमा मूल्य बढ्दैमा ५ रुपैयाँ बढाउनु गलत भएको संघको भनाई छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *