पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल-मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो ।

अब उपभोक्ताले पेट्रोल १ सय २३, डिजेल-मट्टितेल १ सय ६ र हवाई इन्धन प्रतिलिटर ७८ तिर्नुपर्ने छ । निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको छ । मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *