पूर्व प्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल कम्युनिष्ट पार्टी एमाले का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिउँसो १२:३५ को विमानबाट भारतको दिल्ली लगिएको छ । तीन दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार नआएपछि दिल्लीस्थित एपोलो अस्पताल लगिएको उनको सचिवालले जनाएको छ ।

सचिवालयका सदस्य चन्द्र लामाका अनुसार पूर्व प्रधानमन्त्री खनाललाई नियमित उडानमार्फत मध्यान्ह १२:३५ बजे दिल्ली लगिएको हो । उनको साथमा चिकित्सक डा सुदीप अमात्य, श्रीमती र छोरा गएकाछन्। रगतमा हेमोग्लोविनको मात्रामा कमी देखिएपछि उनलाई थप उपचारका लागि भारत लगिएको सचिवालय सदस्य लामाले जानकारी दिए ।

एक महिनाअघि नेता खनाललाई कोभिड पोजेटिभ भएको थियो, उनलाई नियमित ज्वरो आउने समस्या पनि रहेको सचिवालयले जनाएको छ । पाँच महिनाअघि पनि नेता खनालले एपोलोमा स्वास्थ्य चेकजाँच गराएका थिए ।

(Visited 1 times, 1 visits today)

One comment

  • अर्जुन पराजुली।

    शिघ्र स्वास्थ्यलाभको कामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *