पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध साझा पार्टीकोे तराजु सहित प्रर्दशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध साझा पार्टीले तराजुसहित काठमाडौंमा प्रदर्शन गरेको छ ।

सर्वाेच्च अदालतका पछिल्ला विवादित फैसलाको विरोध तथा न्यायपालिकाको समग्र सुधारका पक्षमा

साझा पार्टीले शनिबार ललितपुरको बखुण्डोलबाट माइतीघर मण्डलसम्म साझा तराजु यात्रा आयोजना गरेको हो । सवोच्चको त्रुटिपूर्ण निर्णय रद्द गर्नुपर्ने र पिडितलाई न्याय दिनुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरुले देशमा देखिएको बेतिथि र बिसंगती अन्त्य गर्नुपर्ने आवाज उठाएका थिए ।

प्रदर्शनमा सहभागीहरुले भ्रष्टहरुलाई सिंहदरबार होइन, जेल हालौ, पिडितलाई न्याय दे , गैरन्यायीक फैसला चाहिदैन, दोषीलाई उन्मुक्ति चाहिदैन लेखेका प्लेकार्ड बोकेका थिए । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने व्यक्तिलाई कारवाही गर्नुपर्ने बताए । उनले महाअभियोग लगाउनुपर्ने प्रधानन्याधिशलाई नियुक्ती गर्नेलाई नै जनताले महाअभियोग लगाउनुपर्ने धारणा राखेका थिए ।

उनले अदालतमा राजनीतिक हस्तक्षेप हुदा न्याय र लोकतन्त्र मर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका थिए । सर्वोच्चको उक्त निर्णयको नागरिक स्तरबाटै विरोध भइरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *