पूर्वी नवलपरासीको नारायणी नदी किनारमा पोथी गैंडा मृत अवस्थामा फेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पूर्वी नवलपरासीको नारायणी नदी किनारमा एउटा पोथी गैंडा मृत अवस्थामा फेला परेको छ । ३५ वर्षिय पोथि गैंडा विनयि त्रिवेणि ७ स्थित नारायणी नदीको किनारमा मृत अवस्थामा फेला परेको हो ।

पूर्वी नवलपरासीको त्रिवेणीस्थित निकुञ्जका कर्मचारीले चितवनको जंगलबाट नदी तरेर विनयि त्रिवेणि–६ स्थित वगरमा निस्किएको गैंडा पुनः आफ्नो वासस्थान तर्फ जाने क्रममा नदीले बगाएर मृत्यु भएको बताए । खाग र खुर ननिकालिएकाले गैंडालाइ कसैले नमारेको ती कर्मचारीले दाबी गरे ।

चितवनको प्रविधिक टोलीले मुचुल्का उठाई गैंडाको खाग र खुर चितवन राष्ट्रिय निकुञ्ज लगिने छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *