पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला सोमबार हुन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला सोमबार हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा आइतबार अन्तिम सुनुवाइ भएको थियो । आइतबारै सुनुवाइ सकिए पनि फैसला भने भोलि (सोमबार) सुनाइने स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । महराविरुद्ध सरकारी वकिलहरूले बहस गरेका थिए । गत असोज पहिलो साता महरामाथि संसद सचिवालयमै कार्यरत रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

त्यस्तो आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा केही दिन नर्भिक अस्पतालमा बसे पनि अदालतले डिल्लीबजार कारागार चलान गर्ने गरी आदेश सुनाएपछि उनी सोही कारागारमा छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *