पूर्वसचिव कार्कीकी श्रीमती मुनाको कुटपिटपछि हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाण्डौ – पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुनाको कुटपिटपछि हत्या भएको प्रहरीले अनुमान गरेको छ ।सोमबार बिहान लतिलपुरको सानेपामा रहेको आफ्नै घरमा गम्भीर अवस्थामा भेर्टिएकि मुनाको स्टार अस्पतालमा निधन भएको थियो ।

बिहान उनी रक्ताम्य अवस्थामा अचेत भेटिएकि थिईन भने उनको घरमा काम गर्ने विजय चौधरी मृत अवस्थामा भेटिएका थिए । चौधरीले मुनाको हत्या प्रयासपछि आफुले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको र थप अनुसन्धान जारी रहेको बताएको छ ।

प्रहरीले सीसीटीभी क्यामेरामा कामदार चौधरीले मुनालाई कुटपिट गरेको देखिएको जनाएको छ । तर यसबारे प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन ।महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी टेकप्रसाद राईले घटनाको अनुसन्धान भइरहेकाले अरु जानकारी दिन नमिल्ने बताए ।

प्रहरीका अनुसार मुनाको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *