पूर्वराजा शाहले शोभाको हातबाट विहान १०ः५१ को साइतमा टीका ग्रहण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्वराजा शाहले शोभाको हातबाट विहान १०ः५१ को साइतमा टीका ग्रहण गरेका हुन् ।

टीका ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले व्यवस्था परिवर्तनपछि जनआकाक्षा अनुसार विकाश र परिवर्तन नभएकोप्रति संकेत गरेका छन् । शाहले परिवर्तनका दुई आधारभुत तत्व विकाश र प्रवृत्ति जनताले महसुुस गर्ने गरी नभए परिवर्तनकारीलाई अप्ठ्यारो पर्ने बताए ।

पूर्वराजा शाहले तिहारमा आफूले सवै नेपालीको सुख र शान्तिका लागि कामना गरेको बताए । उनले लक्ष्मी पुजाको दिन धन हुनेलाई मन र मन हुनेले नेपाली पन पाओस् भनेर कामना गरेको समेत बताए ।

पूर्वराजा शाहले दशैंको शुभकामनाका दिने क्रममा आफुले जारी गरेको सन्देश मनन गर्न समेत आग्रह गरे । शाहले दशैमा शुभकामना सन्देश जारी गर्दे राष्ट्रियता धर्मराएको, शान्ति, अमन चयन हराएको र भुसको आगो भित्रभित्रै सल्किँदै गएको बताएका थिए । उनले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने र सच्चाउने नितीका साथ अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *