पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वारबाट फर्किए (फाेटाे फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर स्वदेश फकिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन् ।

भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फर्किएकाहुन । उनको स्वागतमा समर्थकहरु त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । राप्रपा नेपालको नाममा ‘हिन्दु सम्राट श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारलाई नेपालमा हार्दिक–हार्दिक स्वागत गर्दछौँ’ लेखिएको ब्यानर लगायत अन्य विभिन्न समूहको छुट्टाछुट्टै ब्यानरसहित स्वागत गर्नका लागि समर्थकहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट बाहिरिए लगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए । हातमा नेपालको झण्डा बोकेर उपस्थित भएका समर्थकहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा समेत लगाएका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *