पूर्वराजा ज्ञानेन्द्र शाहले लिए प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा पूर्वराजा ज्ञानेन्द्र शाहले चासो देखाएका छन् ।
मंगलवार प्रधानमन्त्री ओलीलाई एपेन्डिक्सको समस्या देखिएपछि शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको थियो ।
पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको अवस्था बुझेर आउन मुख्य सचिव पशुपति भक्त महर्जनलाई अस्पताल पठाएका थिए ।
पेट दुखेपछि बिहान अस्पताल पुगेका ओलीलाई एपेन्डिसाइटिस भएको थाहा भएपछि मंगलवार नै आकस्मिक शल्यक्रिया गरिएको थियो ।
(Visited 1 times, 1 visits today)