पूर्वराजाले लगाईदिए सर्वसाधारणलाई टीका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ– हिन्दुहरुको महान चार्ड बडादसैँको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन्।

मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई टिका लगाइदिएका हुन्।


अपराह्न चार बजेबाट टीका लगाउने कार्यक्रम सुरु भएको थियो। पूर्वराजा शाहको हातबाट टीका थाप्न निर्मल निवासमा सर्वसाधारणको भिड लागेको थियो।

पूर्व राजाबाट टीका थाप्न सर्वसाधारणका साथै राष्ट्रसेवक प्रहरी तथा कर्मचारीहरु समेत निर्मल निवास पुगेका थिए। उनले हरेक वर्षको दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने गरेका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *