पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा ३ तीनताप्केमा सवारी दुर्घटना २ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा ३ तीनताप्केमा भएकोे दुर्घटनामा २ जनाको मृत्यू भएको छ भने एक जना घाईते भएका छन् । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो आपसमा ठोक्किएको हो ।

दुर्घटनामा परी अटोमा सवार दुईजनाको मृत्यु भएको र एकजना गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकहरुकोे सनाखत हुन बाँकि रहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर रानाले बताए । गम्भीर घाईते अटो चालकको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको उनले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *