पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र होईन : अर्थमन्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिहरुले कारोबार गर्ने थलो मात्र नभएको बताएकाछन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ माथिको छलफलका क्रममा उनले शेयर बजारमा सानो पूँजीलाई समेत स्थान दिइएकोले सिमित पूँजीपतिहरुको मात्रै कारोबार गर्ने थलोको रुपमा नबुझ्न आग्रह गरेकाछन् । उनले नेपालको धितोपत्र बजारमा १५÷१६ लाख भन्दा बढीको सहभागिता रहेको र सानो पूँजीबाट समेत शेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पूँजीबजार सबैको भएको बताताएकाहुन ।

उनले भन ‘सानो सानो पूँजी लिएर केही हजारको पूँजी पनि बैंकमा निक्षेप राख्ने कि ? शेयर बजारमा शेयर किन्ने कि ? सानो व्यवसाय केही गर्ने कि ? भन्ने छनौट गर्ने एउटा आधार पाउनुभएको छ पूँजी बजार । आफैले ठूलो जोखिम लिन नसक्ने उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागि हुन्छुु भन्न चाहने साना मझौला बचतकर्ताको लागि पनि पूँजी बजार एउटा उपयुक्त माध्यम हुन्छ । त्यो भएर म्युचुअल फण्ड जस्ता अवधारणाहरु पनि यहाँ ल्याइन्छ । त्यसै गरी थोरै शेयर हाल्न चाहनेहरुको लागि पनि शेयर सुनिश्चित गरिदिने व्यवस्था पनि यहि धितोपत्र ऐन र यसको नियमावलीले व्यवस्थित गरेको हुन्छ र त्यसैको आधारबाट अव नेपालीहरु थोरै पूँजी भएपनि कुनै न कनुै रुपमा कुनैपनि सम्पत्तिको मालिक बन्न सकुन । जमिन होला अथवा अरु किसिमको उद्योग कारखानामा पूँजी होला र शेयर बजारमा पनि सहभागिता भयो भने त्यसले अलिकति आफ्नो पूँजी निर्माणमा पनि सहयोग गर्छ भन्ने हिसाबले पनि ल्याउन खोजिएको छ यो विधेयक । यसमा भएको व्यवस्था अनुसार सामान्य भन्दा समान्य व्यक्तिलाई पनि शेयर बाजरमा पहुँच पु¥याउनको लागि गर्नुपर्ने कुराहरु सरकारले गरिराखेकै छ ।

केही समय अगाडि देखि केही जलविद्युत आयोजनामा हजारौंको संख्यामा शेयर सहभागिता हुँदै आएको छ । एकदमै आय स्तर कम भएका व्यक्तिहरुले पनि शेयर किन्न सक्ने व्यवस्था गरिएको छ कुनै न कुनै रुपमा । लघुवित्त संस्थाहरुबाट ऋण लिएर भएपनि शेयर किन्न सक्ने व्यवस्था सम्म पनि गरिएको छ । त्यसैले यसलाई अब सिमित वर्गहरुको पूँजीपतिहरुको मात्रै पूँजी कारोबार गर्ने अवस्था हो भन्नुपर्छ भन्ने मालाई लाग्दैन् ।’

उनले प्रस्तावित विधेयक पूँजी बजारको नियमनका लागि नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने गरी ल्याइएको समेत बताएकाछन् ।

उनका अनुसार ‘नियमनलाई बजारको सिद्धान्त अुनुसार धितोपत्र बजारलाई प्रतिस्प्रधात्मक पारदर्शि र कानूनसम्बत तुल्याउँदै लैजान नियमनकारी निकायको भूमिकालाई बलियो बनाउन, स्वायत्त संस्थाको रुपमा विकास गर्न र यो नियमनकारी निकाय आफैलाई जवाफदेही बनाउन र यसको क्षमता विकास गर्नको लागि नै यो विधेयक प्रस्तुत भएको छ । मुलतः यसको उद्येश्य नियमनलाई प्रभावकारी बनाउने हो संपूर्ण प्रणालीलाई नियन्त्रण गर्ने होइन व्यवस्थित मात्रै गर्ने हो ।’

मन्त्री खतिवडाले कम्पनीको वित्तीय अवस्था, भावि आंकलन र सरकारका नीतिहरु हेरेर शेयरमा कारोबार गर्नुपर्ने बताए । कोरोना भाइरसका कारण पनि शेयर बाजरमा उथलपुथल देखिएको उल्लेख गर्दे उनले अल्पकालिन प्रवृतिबाट जोगिएर शेयर कारोबार गर्नुपर्ने बताए । उनले अल्पकालिन प्रवृतिकै आधारलाई हेरेर दिर्घकालिन सोच बनाउन नहुने समेत बताए।

उनले भने ‘जुन कम्पनीको शेयरमा कारोबार गर्नेहो त्यो कम्पनीको वित्तीय अवस्था र त्यो कम्पनीको भावि वित्तीय अवस्था कस्तो हुन्छ भनेर शेयर खरिद गर्ने हो । सरकारले कस्तो नीति बनाउँछ र कस्तो नियम र तिनको कार्यान्वयन कस्तो हुन्छ भनेर शेयरको कारोबार गर्ने हो । त्यसमा व्यक्ति विशेष जो आएपनि गएपनि शेयर बजार प्रभावित हुनुपर्दैन् । विधि र नीति तथा व्यवसायिक सम्भावनाको आधारबाट शेयरको मूल्य र कारोबार बढ्ने घट्ने स्थिति रहन्छ । अहिले विश्व परिवेशमा केहि अनिश्चितता कोरोना भाइरसको पनि कारणले आएको कारणले शेयर बजारमा केही उथलपुथल देखिएको छ । तर अलपकालिन यस्तो प्रवृतिकै आधारलाई हेरेर दिर्घकालिन सोच बनाउन पनि उपयुक्त होला जस्तो मलाई लाग्दैन् ।’

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *