पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सर्ने भएका छन् । उनले एक अन्तर्वार्ताको क्रममा आफू घरको खोजीमा जुटेको र छिट्टै नयाँ घरमा सर्ने स्पष्ट पारेका हुन् ।अहिलेका घरबेटीसँग आफ्नो नाम पटक पटक जोडेर विवादमा तान्ने काम गरिएको भन्दै उनले आफू घर सर्ने तयारीमा जुटेको बताएका हुन् । दाहाल हाल शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्छन् । अहिलेका घरबेटील कहाँ ठेक्का लिन्छन् ? के गर्छन् ? भन्ने कुरा आफूलाई केही पनि थाहा नहुने दाहालले स्पष्ट पारेका छन् ।

दाहाल खुमलटारमा बस्नुअघि लाजिम्पाटमा बस्दै आएका थिए । उक्त घरलाई लिएरपनि दाहाल विवादमा आएका थिए । लाजिम्पाटको घर अजेयराज सुमार्गीको आफन्तको घर थियो । दाहालको नाम सुमार्गीसँगपनि जोडिँदै आएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *