पुर्वाधार निर्माणले पर्यटकीय गन्तव्य झाँक्रीपानी पर्यटकहरुको चहलपहल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पुर्वाधार निर्माणले मंगला गाउँपालिका– ४ मा रहेको झाँक्रीपानी आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । धौलागिरी हिमालसंगै निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने पर्यटकियस्थल झाँक्रीपानीमा पुर्वाधार विकासले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ ।

सडक, पदमार्ग, भ्यु टावर, होमस्टे (घरबास) सुबिधासँगै मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजा गाउँको शिरमा रहेको झाँक्रीपानीमा पर्यटक आकर्षित भएका हुन । केही वर्षअघि सम्म सुनसान झाँक्रीपानीमा अहिले जिल्ला र गाउँपालिकाको जनप्रतिनिधिहरुको सक्रियतामा पुर्वाधार निर्माणले आन्तरिक पर्यटकको रोजाई परेपनि कोरोना कारण सुनसान अवस्थामा छ ।

समुन्द्रि सतहदेखि दुई हजार पाँच सय ७० मिटर उचाइमा अवस्थित झाँक्रीपानीयबाट धौलागिरीसहित १६ वटा भन्दा बढी हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । वरपरका गुराँसको जंगल, त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्ती, संस्कृति र ग्रामिण जिबनशैली अध्ययन गर्न सकिन्छ ।

गाउँपालिकाको २२ लाख र स्थानीयको जनश्रमदान ५ लाख सहित २६ लाखमा भ्युटावर र घेराबार निर्माणमा १० लाख बजेट लागेको छ ।गाउँपालिकाको केन्द्र बावियाचौर देखि नेटासम्म पदमार्ग निर्माण पनि गरिएको छ। पर्यटकिय सम्भावना बोकेको झाँक्रीपानीमा गाउँपालिकाले सडक, भ्युटावर निर्माण र होमस्टे संचालनका तालिम लगायतको सुविधा दिएको गाउँपालिकाले जनाएको छ।

झाक्रीपानी पूग्ने पर्यटकले स्थानीय उत्पादित बस्तुको परिकार छन्त्याल, मगर जातीको कलासस्कृति आवलोकन, बदम, आलु, च्याउ लगायतको अर्गानिक बस्तुकोे कोसेली यहाबाट लैजान सक्छन । सदरमुकाम बेनी देखि बगरफाँट, बास्कुना, थामडाडा हुदै बरंजाको विभिन्न गाउँहरु दृष्य अवलोकन गर्दै दुई घण्टाको यातायात सुविधाबाट झाँक्रीपानी पुग्न सकिन्छ । तर पछिल्लो समय कोरोनाको त्रासका कारण म्याग्दीका पर्यटकियस्थल सुनसान अवस्थामा छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *