पीसीआर परीक्षणको शुल्क घट्यो, अब ४४०० रुपैयाँमा गर्न सकिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको शुल्क एघार सय रुपैयाँले घटाएको छ । स्वास्थ्य मन्त्रालयले आजैदेखि लागू हुने गरी नयाँ शुल्क चार हजार चार रुपैयाँ कायम गरेको हो ।

परीक्षणका लागि चाहिने किटहरु पहिले विश्व बजारमै सस्तो भएसँगै नेपालमा पनि सस्तो मूल्यमा आएकाले मूल्य घटेको हो । यसअघि कोरोना परीक्षण शुल्क पाँच हजार पाँच सय रुपैयाँ थियो । सरकारले हाल नौ वटा सरकारी र एघार वटा निजी प्रयोगशालामा गरी कुल बीस वटा प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *