पासाङल्हामु मार्गको राम्चे–ग्राङ सडकखण्ड सुचारु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


रसुवा — विगत ११ दिन देखि अवरुद्ध पासाङल्हामु मार्गको राम्चे–ग्राङ सडकखण्ड आइतबार साँझदेखि सञ्चलनमा आएको छ । कालिका गाउँपालिका–१ नाकुरदुङमा सडक भासिदा पासाङल्हामु मार्ग अवरुद्ध रहेको थियो ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने मुख्य सडक हो यो ।

सडक भासिएको ठाउँमा तारजाली हाल्ने काम सम्पन्न भएकाले आइतबार साँझदेखि यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन्। सडक खुलेपछि अब साना ठुला दुवै गाडी चलाउन सकिने भएको छ ।

नेपाली सेनाको कालिजंग गण, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मी लगायतले सडक निर्माणमा सहयोग गरेका थिए ।

लामो समयसम्म सडक अवरुद्ध हुँदा स्थानीय, पर्यटक र मानसरोवार जाने तीर्थयात्रीहरु मर्कामा परेका थिए । भन्सार गरेर छुटेका र सामान लिन केरुङ हिँडेका सयौं कन्टेनरबीचमै रोकिएका थिए ।

चाडवाडको मुखैमा सडक अवरुद्ध हुँदा व्यापारीहरु चिन्तित बनेका थिए । सडक खुलेपछि रोकिएका कन्टेनरहरु गन्तव्यतर्फ लागेका छन् ।


(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *