पाल्पा बुटवल सडकखण्डमा पहिरो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिद्धार्थ राजमार्ग आन्र्तगत पाल्पा–बुटवल खण्डमा पुन पहिरो जादा बाटो अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण पाल्पाको तिनाउँ गाउँपालिकाको झुम्सा, दोभान, माथिल्लो सिद्धबाबा गरी तीन ठाँउमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा पहिरो खसेको हो । सडक अवरुद्ध हुँदा स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ जाने र बुटवलतर्फ आउने सवारी साधन बीचमै रोकिएका छन् ।

वर्षा नरोकिएकाले पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । मनसुन सुरू भएपछि पाल्पा बुटवल सडक पटक पटक अवरुद्ध भइसकेको छ । यसअघि पनि सिद्धार्थ राजमार्गमा नियमित पहिरो जाने गरेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *