पाल्पा बन्याे कोरोना सक्रमण मुक्त जिल्ला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पाल्पा लाई कोरोना सक्रमण मुक्त जिल्ला भएको छ । पाल्पामा कोरोना सक्रमणको उच्च जोखिमको रुपमा पहिचान बनाएपनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्ती नआएको कारण सक्रमण मुक्त जिल्ला भएको हो । पाल्पामा हालसम्म ५६१ जना सक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जना निको भएर घर फर्किएका छन । पाल्पामा ३९०७ जनाको पिसिआर परिक्षण भएकोमा ५६१ जनामा सक्रमण देखिएको थियो ।

सक्रमित मध्ये ५१५ जना पुरुष र ४६ जना महिला रहेका छन । पाल्पामा अहिले आईसोलेसनमा १ जना पनि कोरोना सक्रमित विरामी नभएकोले आजको मिती सम्म लाई सक्रमण मुक्त जिल्ला भएको जिल्ला स्तरीय कोभिड १९ का फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए ।

पाल्पामा सबैभन्दा बढी कोरोना सक्रमण बाट पुर्वखोला गाउँपालिका प्रभावित बन्यो । पुर्वखोला गाउँपालिकामा ४३३ जनाको परिक्षण गरिएकोमा १६० जना सक्रमण देखिएको थियो । सबैभन्दा कम रिव्दीकोट गाउँपालिकामा सक्रमण देखियो । रिव्दीकोट गाउँपालिकामा १२६ जनाको परिक्षण भएकोमा ५ जना सक्रमित देखिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *