पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो, पाँच घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पाल्पाको निस्दी गाउँपालिका वडा नंं ५ गल्धाको पटकसरमा लु १ ज २८८७ नं जीप दुर्घटना हँुदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका विष्णु माया सारु कालुङको ३ महिने छोरा सिमोन कालुङ रहेका छन । ३ महिने बालक कालुङको उपचारको लागी तानसेन ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । जीप निस्दीको ज्यामिरेबाट गल्धा तर्फ आउदै गर्दा हिजो वेलुका दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुनेहरुमा निस्दी ५ गल्धाका पटकसरका ३८ वर्षीया सुमित्रा सारु , ३६ वर्षीया सेरमती सारु , २० वर्षीया लक्ष्मी सारु र ३७ वर्षीया शुसिला सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षीय सृजना गाहा र निस्दी ४ मित्याल , काफलका २२ वर्षीय विष्णु माया सारु रहेको प्रहरीले जनाएको छ । घाईते ५ जनाको तानसेनको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ भने सेरमती सारुको बुटवल चौराहा अस्पतालमा उपचार भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *