पार्टीभित्रको गुट त्याग्न वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा कार्यकर्तालाई निर्देशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको गुट त्याग्न कार्यकर्तालाई निर्देशन दिएकाछन् ।

शनिबार काठमाडौंमा केहि सगरमाथा आरोहीहरुलाई कांग्रेस प्रवेश गराउदै पौडेलले गुटको राजनीति त्यागेर सिंगो कांग्रेस बलियो बनाउनेतर्फ लाग्न कार्यकर्तालाई निर्देशन दिएकाहुन । उनले कांग्रेसभित्रको गुटकै कारण यसअघिको निर्वाचन पराजय भोग्नुपरेको तर्क समेत गरेकाथिए ।

कांग्रेसका बारेमा जनतामा गलत अपवाह प्रवाह भएको भन्दै कांग्रेसमा निष्ठावान् सच्चा इमेज भएका मान्छेहरु हुँदाहुँदै पनि कांग्रेसको छवि जनताका बीचमा राम्रो नभएको धारणा पनि राखे । पौडेलले संविधान र गणतन्त्र ल्याउने नेतृत्व कांग्रेसले गर्ने तर कार्यान्वयन गर्ने बेला कम्युनिष्टको हातमा जानु बिडम्वना भएको बताएका थिए ।

उनले आगामी महाधिवशेनलाई लोकतान्त्रीक मूल्यमान्यता अनुसार अघि बढाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले कोरोनाका कारण मुलुकको अर्थतन्त्र धराशयी भइरहेका बेला सरकार र सत्तारुढ दल नेकपा भने संवेदनशील नभएको आरोप लगाएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *