पारसको ऐतिहासिक शतक, सिंगापुरविरुद्ध नेपाल ९ विकेटले विजयी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं कप्तान पारस खड्काको शानदार शतकसँगै सिंगापुर विरुद्धको खेल नेपाल ९ विकेटले विजयी भएको छ ।त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा पारसले ऐतिहासिक प्रदर्शन गरेपछि नेपाल ९ विकेटले विजयी भएको हो । नेपालका लागि टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पारस पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

पारसले ४९ बलमा शतक बनाएका हुन् । यसक्रममा उनले ६ चौका र १० छक्का प्रहार गरेका थिए । पारसले १५ ओभरको अन्तिम बलमा कप्तान टिम डेविडलाई छक्का प्रहर गर्दै शतक पूरा गरे । उनले ५२ बलमा ७ चौका र ९ छक्काको मद्दतमा नटआउट १०६ रन बनाए ।

सिंगापुरले दिएको १५२ रनको लक्ष्य पक्ष्याएको नेपालले १६ ओभरमा पूरा गरेको थियो । नेपालको जीतमा आरिफ शेखले नट आउट ३९ रनको योगदान दिए ।

ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए । पारस र आरिफले उत्कृष्ट साझेदारी गर्दै नेपालको जित पक्का गरेका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनायो ।उसका लागि कप्तान टिम डेभिडले सर्बाधिक नटआउट ६४ रन बनाए । उनले ३ चौका र ४ छक्काको मद्दतमा ४४ बलमा ६४ रन बनाएका हुन् ।

यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५, मनप्रित सिंहले १५, जनक प्रकाशले नटआउट २५ रनको योगदान दिए । बलिङमा करण केसीले २ र शुसन भारीले एक विकेट लिए ।

नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले भने सिंगापुर विरुद्धको खेलमा कुनै विकेट लिन सकेकानन् ।अघिल्लो खेलमा जिम्बाब्बेविरुद्ध ४ ओभरमा महत्वपूर्ण ३ विकेट लिएका सन्दीप सिंगापुरविरुद्ध भने विकेट बिहिन भएका हुन् ।

डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ ।

सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ ।सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *