पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको देहीमान्डौं गिरेगडा सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमान्डौका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लाबडको मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा सोमबार दिउँसो साढे चार बजेतिर खाल्डोमा डुबेर दुवैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेल्नका लागि सडकमा जम्मा भएका ५-६ जनामध्ये एकजना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवैजना खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएकाहुन ।

दुवैजना खाल्डोमा डुबेपछि अन्य बालबालिकाले घरपरिवारलाई खबर गरेपछि घटनाका बारेमा थाहा भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।सडकमा ह्युम पाइप राख्नका लागि बनाइएको खाल्डोमा दुईजना बालकको डुबेर ज्यान गएपछि प्रहरीले सो खाल्डो तत्काल पुर्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ । देहीमान्डौं -गिरेगडा सडक स्तरोन्नतीको काम भइरहेकाले चाँडो पाइप राख्न आग्रह गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

एकै गाउँका दुई बालकको खाल्डोमा डुबेर ज्यान गएपछि पुरै गाउँ शोकमग्न भएको दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष रनबहादुर बोहराले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *