पानामाको जेलभित्र गोली चल्यो , १३ कैदीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पानामाको ला–जोयिता जेलमा गोली चल्दा १३ कैदीको मृत्यु भएको छ। मंगलबार दिउँसो जेलभित्र कैदी समूहमै झडप हुँदा गोली चलेको थियो। त्यस झडपमा परी १३ कैदीले ज्यान गुमाएका थिए भने १३ जना घाइते समेत भएका छन्।

त्यस्तै जेल भित्रबाट तीन एके–४७ राईफल र पाँच पेस्टोल फेला परेको छ। कैदीहरुमा आफ्नै समूहबीच कुरा नमिल्दा उक्त घटना भएको बिबिसीले जनाएको छ।

पानामाका राष्ट्रपति लौरेन्टिनो कोर्टिजोले जेलभित्र कसरी हतियार लगियो भन्नेबारे छानविन हुने बताएका छन्। ‘यी बन्दुकहरु आकाशबाटै खसेका होइनन्, त्यहाँ पक्कै कसैको मिलेमतोमा हतियारहरु भित्र लगिएको हो’ राष्ट्रपति कोर्टिजोले भने।

यस घटनापछि सुरक्षा परिषदसँग हातहतियारको तस्कर जेलभित्र रोक्नेबारेमा छलफल गर्ने राष्ट्रपतिले बताएका छन्। कोही कैदीहरु भाग्न भने सफल नभएको जनाइएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *