पाटिमा बिद्रोह हुन्छ भन्नेकुरा कल्पना मात्र : मन्त्री ज्ञवाली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेकपाका नेता एवं परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले नेकपा भित्र बिद्रोह हुन्छ र पाटि दुर्घटनामा हुन्छ भनेर कसैले कल्पना गरेको छ भने यी दुवै कुरा गलत सावित हुने बताएका छन् । नेकपाको एकता मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, राष्टिय एकता र राष्ट्रियताको लडाई जस्ता धेरै कुरामा जोडिएको भन्दै यसका नेता र कार्यकर्ताहरुको भविष्यसँग मात्र नजोडिएको बताए । उनले यीनै जनादेश पुरागर्न वर्तमान सरकार सक्षम रहेको भन्दै वर्तमान अवस्थामा सरकार परिवर्तनको कुनै औचित्य नरहेको दावी गरे ।

गुल्मीमा कोविड १९ संक्रमण तथा रोगथाम तथा नियन्त्रणका लागि सनिवार सदरमुकाम तम्घासमा रेसुंगा नगरपालिीकालाई पिसिआर मेशिन हस्तान्त्ररण गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन । पार्टिमा उत्पन्न विवाद प्रति लक्षीत गर्दै मन्त्री ज्ञवालीले भाँडाहरु एक ठाउमा राखेपछि कहिलेकाही बज्छन भन्ने संज्ञा दिंदै पार्टिलाई जोगाउनका लागि कोही पनि जिम्मेवारी बोधवाट पन्छिएर दायाँवायाँ लाग्न नमिल्ने उनको तर्क थियो ।

‘नेकपा घरको धुरिखाँबो जस्तो हो, जसरी धुरीखाँबो भाँचियो र कमजोर भयो भने खाँबो मात्र भाँचिदैन, त्यो घरकै अस्तित्व माथि जोखिम पैदाहुन्छ’, ज्ञवालीले भने । उनले नेकपा एकतावद्ध भएर घरभित्रको समस्या समाधान गरि देशको समस्यामा केन्द्रित हुने बताए । अहिलेको लडाई भनेको वेरोजगारी, विदेशवाट फर्किएकाहरुको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुद बनाउने र जनतालाई कसरी सुखि र संमृद्ध बनाउने भन्ने कुरा नै मुख्य चुनौती रहेको धारणा व्यक्त गरेका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *